असार २५, २०८२ बुधबार July 9, 2025

मुगुका चारवटै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मुगुका चारवटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चयन गरेको छ ।

छायाँनाथ रारा नगर कमिटी अध्यक्षमा सुवासचन्द्र बुढा चयन भएका छन् । उपाध्यक्षमा देविकृष्ण रोकाया, कर्णबहादुर कुलाल र केशव चौलागाई चयन हुँदा मधुली नेपाली कोषाध्यक्ष बनेकी छन् । सचिवमा रत्न बढुवाल र सहसचिव दिलमाया महतारालाई चयन गरिएकाे छ ।

मुगुम कार्मारोङ गाउँपालिकामा अध्यक्षमा सुनबहादुर रोकाया, सोरु गाउँपालिका अध्यक्षमा जयलाल मल्ल  र खत्याड गाउँपालिका अध्यक्षमा भरतबहादुर शाही चयन भएका छन् ।

माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा स्थानीय तहका सम्मेलन अन्तिम चरणमा पुगेका छन् ।-नयूज कारखना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया