असार २४, २०८२ मंगलबार July 8, 2025

बागमती प्रदेशसभाको सातौ| बैठक पुस ७ गते बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो । साथै सचिव खड्काले दिनुभएको जानकारीअनुसार यही पुसको पहिलो हप्तामा प्रदेशसभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया