असार २५, २०८२ बुधबार July 9, 2025

ओलीले लगातार संसद् अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् – नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगातार संसद अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाएका छन् ।

बुधबार बिहान सामाजि सञ्जाल मार्फत नेता पौडेलले ‘६ महिनाको समयमा २–२ पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले अध्यक्ष ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्,’  उल्लेख गरेका छन् ।

सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास गर्नुपर्ने उनको भनाइ छ। सरकार सदन बीचैमा अन्त्य गरी अघि बढेमा ओलीको नियतिका सामू समर्पण गरेको ठहरिने उनले उल्लेख गरेका छन् ।

‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छुु भनेर आएको सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामू समर्पण गरेको ठहरिनेछ,’ उनले भनेका छन्, ‘राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आमनागरिकको ध्यानाकर्षण गर्दछु ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार