असार २४, २०८२ मंगलबार July 8, 2025

एमाले सांसदकाे नाराबाजीकै बीच चार अध्यादेश स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दल एमाले सांसदले नाराबाजी गरिरहँदा प्रतिनिधिसभाले बुधबार चारवटा अध्यादेश स्वीकृत गरेको छ ।

बैठक सुरु हुनासाथ एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरे । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु हुने वातावरण बनाउन आग्रह गरे । तर, एमाले सांसदले नाराबाजी रोकेनन् ।

यसपछि सभामुख सापकोटाले कार्यसूचीमा प्रवेश गराएको बैठकले विभिन्न चारवटा अध्यादेशलाई स्वीकृत गरेको हो ।

बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८  र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।

यसअघि उक्त चार अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्तावलाई बैठकले अस्वीकार गरेको थियो । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया