असार २४, २०८२ मंगलबार July 8, 2025

महोत्तरीमा माओवादीको राष्ट्रिय सम्मेलनका प्रतिनिधि छान्न सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्र महोत्तरीले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छान्ने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यलाई सुम्पेको छ ।

आकाङक्षीहरुबीच प्रतिनिधिको विषयमा विवाद भएपछि सम्मेलनमा प्रतिनिधि छान्ने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटीलाई सुम्पेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

वडादेखि जिल्ला तहसम्म निर्वाचित हुँदै आएका केही  नेताहरुको नाम सिफारिस भएको भए पनि अन्तिम निर्णय लिने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटीलाई प्रदान गरेको नेकपा माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए ।

`प्रदेश सम्मेलनबाट नै केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यहरुबीच छलफल भएपछि मात्र सम्बन्धित जिल्लाको प्रतिनिधि छान्ने अधिकार प्राप्त भएको छ´  केन्द्रीय सदस्य समेत रहेका राजु खड्काले भने।

महोत्तरीबाट कृयाशिल सदस्यको आधारमा १३ जना प्रतिनिधि छान्न मिल्छ ।  केन्द्रीय सदस्य र प्रदेश कमिटीमा छलफलका लागि भने सबै आकाङ्क्षीहरुको नाम पठाइसकिएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

छलफलवाट १२ जनाको नाम टुंग्याइसकिएको र एक जनाको नाम अझै बाँकी रहेको माओवादीका एक जना केन्द्रीय नेताले बताए ।

बिहीबार ११ बजेभित्र सम्पूर्ण प्रतिनिधिको नाम टुंग्याएर केन्द्रमा पठाइसक्ने तयारी प्रदेश कमिटीको छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार