असार २४, २०८२ मंगलबार July 8, 2025

प्रदेश नं २ को नामकरणका लागि प्रदेशसभा बैठकमा पाँच प्रस्ताव पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रदेश नं २ को प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि विभिन्न पाँच वटा प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यले प्रदेशको नामकरणका लागि पाँच वटा प्रस्ताव पेश गर्नुभएको हो ।

बैठकमा सत्तारुढ जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रकुमार यादव र नेकपा माओवादी केन्द्रका भरत साहले प्रदेश नं २ को नाम ‘मधेश प्रदेश’ राख्नुपर्ने प्रस्ताव गर्दा प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसलाई समर्थन गरेको छ ।

बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका प्रमोदकुमार यादवले प्रदेशको नाम ‘जानकी प्रदेश’ राख्नुपर्ने प्रस्ताव गर्दा अर्का सत्तारुढ दल नेपाली कांग्रेसका शिवचन्द्र चौधरीले ‘मिथिला भोजपुरा प्रदेश’ नामको प्रस्ताव पेश गर्नुभएको छ ।

कांग्रेसकै राजेश्वरप्रसाद साहले भने ‘मध्य मधेश प्रदेश’ नामको प्रस्ताव गर्नुभएको छ । नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामकरणको प्रस्ताव भने आज पेश हुन सकेको छैन । नामकरण सम्बन्धी पेश भएको प्रस्तातमाथि प्रदेशसभा बैठकमा छलफल जारी छ ।

बैठकमा प्रदेशको राजधानी तोक्ने प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ भने अघिल्लो बैठकमा प्रस्तुत प्रदेश कृषि विश्वविद्यालय २०७८ माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार