असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस महाधिवेशन : चितवनबाट पहिलोपटक केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य भएको भए पनि निर्वाचित सदस्य अहिलेसम्म कोही हुन सकेका थिएनन् । चौधौँ महाधिवेशनबाट कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठ, तत्कालिन संविधानसभा सदस्य अञ्जनी श्रेष्ठ, नेता दिनेश कोइराला र शान्ति परियार विक निर्वाचित हुनुभएको छ । महाधिवेशनमा जिल्लाबाट १३ जनाले केन्द्रमा उम्मेदवारी दिएका थिए ।

कांग्रेसको राजनीतिमा पाँच पटकसम्म चितवनको सभापति भएर काम गरेका गुरुङ आदिवासी जनजाति कोटाबाट केन्द्रीय नेतृत्वमा पुग्न सफल भएका हुन् । विसं २०१८ देखि कांग्रेसको राजनीतिमा सक्रिय गुरुङले २०७० सालको निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई चितवनबाट जिताउन टिकटसमेत त्यागेर सहयोग गरेका थिए ।

यस्तै व्यापारिक पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा आएका श्रेष्ठ हाल प्रधानमन्त्री कार्यालयका बहालवाला राज्यमन्त्री छन् । केही समय स्वास्थ्य राज्यमन्त्री बनेका श्रेष्ठ शिक्षा, स्वास्थ्य, जलविद्युत् र पर्यटन व्यवसायसँगै बैंकिङ क्षेत्रका ठूला लगानीकर्ता छन् । श्रेष्ठ पनि चितवनबाटै प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय जिम्मेवारीमा पुग्न सफल भएका हुन् । पार्टीको १३औँ महाधिवेशनमा पनि महासमिति सदस्य भएका श्रेष्ठ चितवन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । तत्कालिन संविधानसभा सदस्यको जिम्मेवारीसमेत निर्वाह गरी सकेनन् श्रेष्ठ अहिले प्रतिनिधि सभा सदस्य रहेका छन् ।

नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएकी नेत्री अञ्जनी श्रेष्ठ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । आदिवासी जनजाति कोटाबाटै केन्द्रीय समितिमा प्रवेश गरेकी श्रेष्ठ तत्कालिन संविधानसभा निर्वाचनपछि समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी थिइन् । कांग्रेस चितवनको जिल्ला कार्यसमितिमा रहेर काम गरेका उनी पद्मकन्या क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनकी सभापतिसमेत भएर काम गरेकी थिइन् ।

विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेता दिनेश कोइराला भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार थिए । नेकपा (माओवादी केन्द्र)सँग तालमेल हुने भएपछि उनले उम्मेदवारी छाडेका थिए । स्थानीय तह निर्वाचनमा टिकट फिर्ता लिएपछि उनी त्यसपछिको निर्वाचनमा चितवन–३ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बने । कोइरालाले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी सन् २००८ मा जेसीजको राष्ट्रिय अध्यक्ष भएका थिए ।

यस्तै विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा सक्रिय परियार दलित सङ्घ चितवनकी अध्यक्ष छिन् । दलित समुदायको मुद्दालाई अघि बढाउँदै आएकी उनी पहिलोपटक केन्द्रीय समितिमा पुग्न सफल भएकी छिन् । निर्वाचित तीन जना संस्थापन समूह र दुई जना संस्थापन इतर समूहबाट निर्वाचित भएकी हुन् । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ भने झिनो मतान्तरले पराजित भईन् ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार