असार २४, २०८२ मंगलबार July 8, 2025

देउवाले भने : माओवादी अध्यक्षमा प्रचण्डलाई नै देख्छु !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रको अध्यक्षमा आफूले प्रचण्डलाई नै देखेको बताएका छन् ।

आइतबारबाट सुरु माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले माओवादीले कसलाई नेता बनाउने थाहा नभए पनि आफूले प्रचण्डलाई नै देखेको भन्दै उनले शुभकामना दिए ।

‘तपाईंहरुले कसलाई नेता बनाउनुहुन्छ थाहा छैन, म त प्रचण्ड नै देख्छु । उहाँलाई पनि धेरै धेरै शुभकामना ’देउवाले भने ।

केही समय अघि सकिएको एमालेको महाधिवेशनबाट केपी शर्मा ओली र कांग्रेसको महाधिवेशनबाट देउवा पार्टी नेतृत्वमा दोहोरिएसँगै उनले प्रचण्डलाई शुभकामना दिएका  हुन् ।

माओवादी यसपटकबाट बहुपदीय प्रणालीमा जाँदै छ र १५ सदस्यीय पदाधिकारीको तयारी गरिएको छ । अध्यक्षमा भने प्रचण्डलाई चुनौती दिन सक्ने अरु नेता देखिएका छैनन् । -नयूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया