असार २४, २०८२ मंगलबार July 8, 2025

कालापानीको विषय दस्तावेजमा समेट्ने प्रचण्डको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफ्नो राजनीतिक दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिहरूले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएको नक्साको स्वामित्व केपी ओलीलाई नदिएर माओवादीले लिनुपर्ने र सीमा विवादको विषय दस्तावेजमा समेट्नुपर्ने माग गरेका बेला अध्यक्ष प्रचण्डले दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रचण्डले भने, ‘लिपुलेक र नक्साको बारेमा जुन ठाउँमा बोल्नुपर्छ, बोल्छु । अनि दस्ताबेजमा लेख्छु ।’ -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया