असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन माघ १५ र १६ गते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन २२ दिन पछि सरेको छ । जनमोर्चाले आगामी माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन सारेको हो ।

कोरोनाको नयाँ भेरियन्टको बढ्दो सङ्क्रमण र कतिपय आवश्यक तयारी अभावमा सम्मेलन सार्नुपरेको सो पार्टीले जनाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रदेश सम्मेलन फागुन ६ र ७ गते गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा कोरोनाको ओमिक्रोन भेरियन्टका साथै तयारीका लागि सम्मेलन सारिएको उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया