असार २३, २०८२ सोमबार July 7, 2025

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ताः पाँच दलीय समन्वय समितिको बैठक बोलाउने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) भएको भेटमा भोलि (मंगलबार) पाँच दलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको छ ।

दुवै नेता संवैधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्न प्रतिबद्ध रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया