असार २३, २०८२ सोमबार July 7, 2025

नेकपा एमाले मुगुको अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले मुगुले सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिवेशन सुरु भएको एक सातापछि एमालेको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

गत २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै पूर्णता पाएको छ ।

अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सचिव डबलबहादुर रोकायाले जानकारी दिए ।

‘सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो,’ उनले भने, ‘पार्टीमा आंकाक्षी धेरै रहेको भए पनि जिल्लामा एकरूपतामा जानुपर्छ भनेर सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया