काठमाडौंः स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । मंगलबार बसेको बैठकले कुनै निष्कर्ष दिन नसकेपछि आज अपरान्ह ४ बजे पुनः बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गर्ने सम्भावना कम रहेको एक नेताले बताए ।
यता निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न थप नयाँ मिति सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ। आयोगले बैशाख २२ र २८ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले बताएका छन्। आयोगले यसअघि बैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई प्रस्ताव गरेको थियो।
प्रमुख आयुक्त थपलियाले पहिले प्रस्ताव गरिएको मितिमा निर्वाचन गर्न नसकिए दोस्रो विकल्पको रुपमा वैशाख २२ र २८ गतेको मिति प्रस्ताव गर्ने तयारी गरिएको बताएका हुन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया