असार २३, २०८२ सोमबार July 7, 2025

गैह्र जिम्मेवार अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्नुपर्छ : महामन्त्री शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैह्र जिम्मेवार अभिव्यक्ति दिने भौतिक पूर्वाधारमन्त्री तथा जनता समाजवादी पार्टीकी नेतृ रेणु यादवलाई तत्काल पदमुक्त गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस राख्दै महामन्त्री शर्माले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने बताएका हुन्। बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएपछि उनको चौतर्फि राजीनामाको माग उठिरहेका बेला मन्त्री शर्माले प्रधानमन्त्रीसंग यस्तो आग्रह गरेका हुन्

महामन्त्री शर्माले पदीय मर्यादा विपरीत अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने टिप्पणी गरेका छन्। शर्माले सामाजिक सञ्जालमा स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना, सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा र पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्ने विकल्प रहेको उल्लेख गरेका छन् ।

शर्माले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढी जिम्मेवार हुनैपर्ने बताएका छन्। हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य नहुने शर्माले स्पष्ट पारेका छन्। उनले अगाडी लेखेका छन् ‘विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न’ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया