असार २३, २०८२ सोमबार July 7, 2025

प्रधानमन्त्रीको सम्बोधनमा कोमल वलीको टिप्पणी : रस र भावना नभएको गुनगुन !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाएका थिए ।

त्यसका टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुन भनेकी छन् ।

‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना- न कुनै भविश्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कही पुर्‍याउँदैन,’ उनले भनेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया