असार २३, २०८२ सोमबार July 7, 2025

राप्रपालाई विधानबाट हिन्दुराष्ट्र र राजसंस्था हटाउन निर्वाचन आयोगको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले राप्रपालाई विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको छ।

गत माघ २ गते नै आयोगले राप्रपालाई पत्र लेखेर विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको हो।

यस्तै झण्डाबाट गाई हटाउन पनि राप्रपालाई आयोगले निर्देशन दिएको छ। यो पत्र आयोगले पठाएपनि वर्तमान नेतृत्व मौन बसेको भन्दै पूर्व अध्यक्ष कमल थापाले आक्रोश पोखेका छन्।

उनले आयोगको यो निर्देशन अस्वीकार्य रहेको भन्दै विगतको यस्तै निर्णय आफूहरुले संघर्षबाट उल्ट्याएको स्मरण गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया