असार २३, २०८२ सोमबार July 7, 2025

कांग्रेस मुख्य सचिव बने राष्ट्रियसभा सदस्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा बागमतीबाट पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पौडेलले स्थानीय तहतर्फ ११७ पाएका थिए । यस्तै प्रदेशतर्फ ५६ मत अर्थात २ हजार ६८८ मतभार गरी कूल ४ हजार ७९४ मतभार प्राप्त गरेका हुन् ।

पौडेल यसअघि १४औं महाधिवेशनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया