असार २३, २०८२ सोमबार July 7, 2025

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार भर्चुअल माध्यमबाट बस्ने जनाएको छ ।

बैठक दिउँसो ३ बजे बस्ने छ। यसअघि कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग छलफल गरिरहेको भन्दै असन्तुष्टि जनाएको थियो । यहीबीच कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया