काठमाण्डौंः रौतहटको फतुवा बिजयपुर वडा ६ का माओवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष हीरालाल यादव पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि काँग्रेस मधेस प्रदेश सभापति कृष्णा यादवले वडा अध्यक्ष यादव र उनीसँगै काँग्रेसमा प्रवेश गरेका उनका समर्थकहरुलाई माला र टिका लगाई स्वागत गरेका थिए ।
पहिले जनयुद्धको नाउँमा र अहिले विभिन्न भ्रम तथा आश्वासन बाँडेर माओवादीले मधेसी समुदायलाई ठग्ने मात्र काम गरेकाले पार्टी छोडेको वडा अध्यक्ष हीरालाल यादवले प्रतिक्रिया दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया