असार २३, २०८२ सोमबार July 7, 2025

एमाले जनसङ्गठन समन्वय संयन्त्रको बैठक भक्तपुरमा बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेकपा (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रको बैठक आज दिउँसो बस्ने भएको छ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर आज दिउँसो ३ः०० बजे बैठक बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो।

चितवनमा सम्पन्न एमालेले १०औँ महाधिवेशनपछि जनसङ्गठन समन्वय संयन्त्र निर्माण भएको थियो । बैठकमा २२ वटै जनसङ्गठनका इन्चार्ज, सह इन्चार्ज र अध्यक्षहरू सहभागी हुनेछन् ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसङ्गठनका राष्ट्रिय अधिवेशन र सम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ ।

यसअघिको बैठकले फागुन मसान्तभित्र अधिवेशन र सम्मेलनका लागि आ–आफ्नो कार्य क्षेत्रमा लाग्ने निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया