काठमाडौंः सत्तारुढ पाँचदलीय गठबन्धनमा संलग्न नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा औपचारिक रुपमा विभाजन भएको छ ।
मोहन विक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई सत्ताको भर्यांङ बनाएको आरोप लगाउँदै कृष्णराज पौडेलको नेतृत्वमा विद्रोह गरेर नयां पाटी बनाएको हो ।
यसरी राष्ट्रिय जनमोर्चाबाट विद्रोह गरी गठन भएको विशेष राष्ट्रिय भेलाले पौडेललाई केन्द्रीय समन्वय समितिको अध्यक्ष चयन गरेको छ ।
यसैगरी उपाध्यक्षमा चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी चयन भएका छन् । महासचिवमा लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की चयन भएको बताइएको छ ।
विशेष राष्ट्रिय भेलाले ५१ सदस्यीय नयाँ केन्द्रीय समन्वय समिति गठन समेत गरेको छ । यसअघि केही सातामात्रै मसालबाट विद्रोह गरेको एउटा समूह नेकपा माओवादीमा समाहित भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया