काठमाण्डौंः राष्ट्रियसभा बैठक स्थगित भएको छ । सोमबारका लागि डाकिएको बैठक आज सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । यता, कोरोना जोखिमका कारण प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया