काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीभित्र आफूले उठाएका सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयलाई नयाँ अध्यक्षद्वारा उपेक्षा गरेर भित्तामा पुर्याउन खोजिएको भन्दै यसले पार्टीलाई दुर्घटनामा लैजाने चेतावनी दिएका छन्।
नवनियुक्त अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै थापाले आइतबार पठाएको लिखित ध्यानाकर्षण पत्रमा उनले पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई सहभागी र जानकारी नगराएर योजनाबद्ध रुपमा अलग्याउने प्रयास भइरहेको उल्लेख गरेका छन्।
उनले आफूले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्न तथा त्यसवारे आबश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको उल्लेख गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया