श्रावण ५, २०८२ सोमबार July 21, 2025

माथिल्लो तामाकोशीः पिकआवरमा ३५० मेगावाट विद्युत उत्पादन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमाभन्दा साँझ बिहानमा बढी हुने गरेको छ ।

साँझ बिहान आयोजनाको पिकिङ आवर भएकाले दिनमा भन्दा बढी उत्पादन हुने गरेको आयोजनाका प्रशासन वरिष्ट प्रमुख मित्रमणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि १० बजेसम्म पिकिङ आवर भएकाले ३५० मेगावाटसम्म उत्पादन हुन्छ । दिनमा ३० देखि ४० मेगावाट मात्र उत्पादन हुने गरेको छ । अहिले फिक्स नभइसकेकाले माग अनुसार विद्युत दिनु पर्दा बढीभन्दा बढी उत्पादन दिने गरिएको छ ।

दिनमाभन्दा रातमा विद्युत् खपत हुने गरेकाले छ वटै युनिटमा उत्पादित विद्युत् माग आए अनुसार यसरी वितरण गरिएको प्रशासन वरिष्ट प्रमुख पोखरेलले जानकारी दिए ।

मानिसले धेरै विद्युत् प्रयोग गर्दा आयोजनाको उत्पादन बढ्ने तथा कम प्रयोग हुँदा कम हुने क्रम चलिरहेको छ । मङसिरदेखि जेठसम्म सुख्खा समय हुने हुँदा पानीको सतह घट्दै जाने हुँदा पिक आवरबाहेक उत्पादन घट्नु सभाविक रहेको उनको भनाइ छ ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृह २२० गोँगर–खिम्ती २२० केभी डबल सर्किट प्रशारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म र त्यहाँबाट खिम्ती–ढल्केबर चार सय-२२० केभी प्रशारण लाइनमार्फत विद्युत् वितरण भइरहेको छ ।

गत असार महिनामा पहिलो युनिटबाट उत्पादन थालिएको आयोजनाको भदौ अन्तिमसम्ममा छ वटै युनिट सञ्चालन भएका थिए । -गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया