श्रावण ५, २०८२ सोमबार July 21, 2025

नयाँ शैक्षिक सत्र वैशाखदेखि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले आगामी चैत/वैशाखमा कोभिड–१९ को असर बढे त्यसबेला कुनै निर्णय हुनसक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुनेछ । “आगामी फागुन र चैतभरि पठनपाठनलाई निरन्तरता दिइनुपर्छ । त्यसो भएमा बाँकी कोर्स पनि पूरा हुनेछ” उहाँले भन्नुभयो, “आगामी वैशाखको पहिलो सातामा वार्षिक परीक्षा गर्ने र लगत्तै नतिजा सार्वजनिक गरी नयाँ शैक्षिक सत्र थाल्नुपर्छ ।”

उहाँले शैक्षिक सत्र सकिएपछि लामो बिदा दिने चलनलाई समय परिस्थितिअनुसार निरन्तरता दिनुपर्छ भन्ने छैन भन्दै थप्नुभयो, “चैत मसान्तसम्म विद्यार्थीलाई नअल्मल्याऔँ । पढ्न दिऊँ  छिटो विधिबाट सबै काम वैशाखमै सकौँ ।”

विद्यालयहरूले औसतमा ५० देखि ६० प्रतिशतसम्म कोर्स सकेको अवस्था छ । अनलाइनमाध्यमबाट अध्यापन गर्नुपर्ने हुँदा विशेष गरी सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थी पठनपाठनको पहुँचभन्दा टाढा छन् ।-गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया