काठमाडौँः सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ ।
सरकारले चितवन, सप्तरी, महोत्तरीलगायत जिल्लाका गाउँब्लकमा रहेकालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिसकेको छ । केहीदिन अघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सो क्षेत्रमा पुगेर जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नुभएको थियो ।
महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिकाको गाउँब्लकमा रहेकालाई जग्गाधनी पूर्जा वितरण गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।
यसैबीच मन्त्री श्रेष्ठले आज चितवनको इच्छाकामना गाउँपालिको गाउँब्लकमा रहेका ३६ भू्मिहिनलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नुभएको छ । जग्गाधनी पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकार लागि परेको बताउनुभयो । – गोरखापत्र बाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया