असार २४, २०८२ मंगलबार July 8, 2025

कर्णाली प्रदेशसभामा दुई विधेयकमाथिको छलफल जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको आठौँ बैठकमा दुई विधेयकमाथि छलफल जारी रहेको छ । प्रदेशसभामा विसं २०७७ कात्तिक २१ गते दर्ता भएको ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न बनेको विधेयक र कात्तिक २५ गते दर्ता भएको ‘सूचना, प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७७’ माथिको छलफल जारी रहेको छ ।

सभामुख राजबहादुर शाहीले समय दिएसँगै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले सहकारी ऐन, पहिलो संशोधन गर्न बनेको विधेयक सामान्य छलफलका लागि सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यत्रय पद्ममा खड्का, रातो कामी र विमला केसीले भाग लिनुभयो ।

यस्तै आमसञ्चार प्रतिष्ठान विधेयक आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले सामान्य छलफलका लागि सभामा प्रस्तुत गरेसँगै प्रदेशसभा सदस्य गुलाबजङ्ग शाह, मीनासिंह राखाल, दल रावल र सीताकुमारी नेपालीले छलफलमा भाग लिनुभयो ।

प्रदेशसभा सदस्यले सहकारी ऐनको संशोधन गर्न बनेको विधेयक र आमसञ्चार प्रतिष्ठान विधेयकमाथि राखेका जिज्ञासा र सुझावमा कृषि र कानून मन्त्रीद्वय शाहीले जवाफ दिनुभयो । सभामुख शाहीले दुवै विधेयकमाथिको सामान्य छलफल आज समाप्त भएको बताउँदै कर्णाली प्रदेशसभा नियमावली, २०७४ को परिच्छेद १५, व्यवस्थापन कार्यविधिको नियम ९ को उपनियम १ अनुसार संशोधनको सूचना पेश गर्न प्रदेशसभा सदस्यलाई ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी गर्नुभयो । अर्को बैठक भोलि बिहीबार १ बजे बस्ने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार