श्रावण ५, २०८२ सोमबार July 21, 2025

काठमाडौं–तराई द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गर्ने सेनाको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौं–तराई द्रुततमार्ग निर्धारित समयमा सम्पन्न गर्ने नेपाली सेनाले जनाएको छ ।

सेनाले बजेट अभाव हुनु नहुने, दैवी विपत्ति आउन नहुने, कानुनी अड्चन सिर्जना हुन नहुने, निर्माण व्यवसायीले सहयोग गर्नुपर्ने र सहायक निर्माताले निर्माण अवधिमै काम सक्नुपर्ने बताएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।

नेपाली सेनाका लागि अवसर र चुनौतीको रूपमा रहेको दु्रतमार्ग २०८१ मंसिर मसान्तसम्ममा निर्माण सम्पन्न हुनुपर्नेछ । ‘आयोजनाको आवश्यकताअनुरूप सरकारले बजेट उपलब्ध गराएमा, कोभिडजस्ता अप्रत्यासित प्रकोप झेल्नु नपरेमा, मुद्दामामिलाजस्ता कानुनी अडचन नरहेमा, ठेकेदार नभागेमा वा ठेकेदारले बढी समय माग नगरेमा दु्रतमार्ग तोकिएकै समयमा पूरा हुन्छ’ –प्रवक्ता सिलवालले भने ।

साढे चार वर्षभित्र आयोजनाको सम्पूर्ण कार्य पूरा गर्ने गरी हरेक कामको समय तालिका तय गरिएको प्रवक्ता सिलवाले बताए । खोकना, बुङमती र फर्सीडोल क्षेत्रमा जग्गाप्राप्तिमा समस्या रहेको र अन्य स्थानमा कुनै समस्या नरहेको उहाँले जनाए । जग्गा मुआब्जा विवादको समस्या सरकारले सुल्झाउनुपर्ने र त्यसका लागि स्थानीयले सघाउनुपर्ने उनको राय थियो ।

समस्याको चुरो पहिचान गरी समाधानका लागि पत्रकारले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने उनको सुझाव थियो । -नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार