असार २३, २०८२ सोमबार July 7, 2025

एमसिसी परियोजना नेपालको हितमा छ, पास गर्नुपर्छ : प्रवक्ता डा. महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना, एमसिसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएकाले नेपालबाट यसलाई पारित गर्नुपर्ने बताएका छन् ।

उनी नेपाली कांग्रेसको प्रवक्ता मनोयन भएकामा बधाइ ज्ञापन गर्न नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको कार्यक्रममा डा महतले यो परियोजना जतिसक्दो चाँडै संसद्मा पेश गरी पारित गर्नुपर्नेमा जोड दिए । प्रवक्ता डा महतले पछिल्लो एक वर्षमा एमसिसीलाई गिजोल्ने काम मात्र भएको टिप्पणी गरे । उनले नेपालमा सबै राजनीतिक दलहरु यसको समर्थनमा रहेका र हुनुपर्ने बताए । उनको भनाइ थियो, ‘‘अहिले विरोधमा रहेका यहाँका कतिपय दल र तिनका नेताहरुको पनि एमसीसीमा सहभागिता र समर्थन रहेको थियो । तर दुःखद् कुरा के छ भने पछिल्लो एक वर्षदेखि उनीहरुले नै एमसीसीलाई गिजोल्ने काम गरेका छन् । भ्रम फैलाउने गरी प्रचार गरिएको छ, यो दुर्भाग्य हो ।’’

यो आयोजना नेपालकै प्राथमिकताका आधारमा अमेरिकाले तय गरेको र निःशुल्क सहयोग परियोजना भएकाले यो अनुदान फिर्ता गर्न नहुने पनि स्पष्ट गरे । यो कुनै इन्डोप्यासिफिक रणनीति तथा सैन्य परियोजना नभएर नेपालकै कानुनअनुसार सञ्चालन हुने र नेपालको चाहनाअनुसार नै आएको स्पष्ट गरे । प्रवक्ता डा महतले देशका जिम्मेवार राजनीतिक दलले नै एमसिसीको विरोध गर्नु दुर्भाग्य हो भने । उनले भने, ‘‘नेपालले आफ्नै प्राथमिकतामा छानेको परियोजनाको अहिले पास गर्ने बेलामा आएर विरोध गर्नु, अनावश्यक रुपमा भ्रम छर्ने काम गर्नु दुःखद् हो ।’’

राष्ट्रिय मुद्दाका महत्वपूर्ण विषयमा जनतामा भ्रम छर्ने काम भइरहेको भन्दै डा महतले हिजो अरुण तेस्रो जलविद्युत् आयोजना कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा त्यसमा पनि राष्ट्रघात देख्नेहरुले पछि सो आयोजनाको आवश्यकता देखेको भन्दै अहिले एमसिसीमा पनि त्यस्तै भ्रम छर्ने काम गरेको बताए ।

संसद्मा दर्ता भइसकेको प्रस्ताव संसद्मा पेश गर्नु सभामुखको दायित्व भएको पनि उनले स्पष्ट गरे। उनले भने, ‘‘सभामुखले संसद्मा टेबल गर्नुपर्छ र प्रक्रिया अगाडि बढाउनुपर्छ । सरकारले दर्ता गरेको प्रस्ताव सदनमा अगाडि बढाउनु सभामुखको दायित्व हो । सदनमा बुँदागत छलफल हुन्छ । दूधको दूध पानीको पानी छुट्टिन्छ ।’’

एमसिसीका बारेमा कुनै भ्रम नरहेको र हाम्रा जिज्ञासाका बारेमा एमसिसीले नै प्रष्ट पारिसकेको भन्दै प्रवक्ता महतले देशअनुसारको विदेश नीति नभई यस्ता सम्वेदनशील मुद्दाहरुमा राष्ट्रिय सहमति हुनु जरुरी रहेको बताए । सो कार्यक्रममा युनियनका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका नवनियुक्त अध्यक्ष समीरजङ्ग शाहलाई पनि बधाइ ज्ञापन गरिएको थियो । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले कांग्रेस पार्टी मिडियामैत्री हुनुपर्ने सुझाव दिए।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार