असार २४, २०८२ मंगलबार July 8, 2025

बच्चालाइ स्मार्ट कसरी बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अभिभावकहरु बच्चाको स्वास्थ्यप्रति सचेत नहुँदा यसको असर बालबालिकाको स्वास्थ्यमा त पर्छ नै अभिभावकहरुले पनि ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । त्यसैले बालबालिकाको स्वास्थ्यका लागि ससाना आनीबानी र अभ्यास गर्नुभयो भने तपाईले अस्पताल भौतारिनु पर्दैन ।

यो सचेतनाको सुरुआत गर्भवतीदेखि नै शुरु हुन्छ । बच्चा जन्मिसकेपछि त हरेक पलमा सधै सजग हुनुपर्दछ । बच्चा बोल्न सक्दैन । उसले आफूलाई कस्तो भइरहेको छ भन्न सक्दैन त्यसैले अभिभावकले नै उसको अवस्था हेरेर, उसको रुवाई, हेराई या मिजाजको अवलोकन गरी आवश्यक स्याहार गर्नुपर्दछ । तेल कतिखेर लगाउने, कहिले लिटो खुवाउने, कस्तो लिटो खुवाउने, दूध, पानीजस्ता कुरा के कसरी खुवाउने भन्ने बारेमा जानकारी लिनुपर्दछ । ६ महिनापुगेपछि खाद्य पदार्थ खुवाउने भएपनि कस्तो खाद्य पदार्थ खुवाउने विषयमा धेरै सचेतना आवश्यक पर्दछ । विस्कुट, चाउचाउ या अन्य खानेकुराको प्रभाव त्यति राम्रो हुँदैन । यसैगरी मौसम अनुसारको केयरमा पनि उत्तिकै ध्यान आवश्यक हुन्छ ।

जाडो मौसम भन्दा गर्मी मौसममा बालबच्चा भएका आमा बाबुका लागि निकै चुनौतिपूर्ण हुन्छ । लामखुट्टे, उडुस, उपिया, भुसुना, सांला तथा तराई तिर सर्पलगायतका किराकिरीको टोकाईबाट कसरी बचाउने भन्ने डर एकातिर हुन्छ भने अर्को तिर सरसफाईमा पनि उतिकै ध्यान दिनु पर्ने हुन्छ । हावाहुरी, सुख्खा मौसम, प्रदुषित वातावरणका कारण खानपानमा तथा सरसफाईमा थोरै लापवार्ही हुने बित्तिकै बच्चालाई पखाला लाग्ने, टाउको दुख्ने, शरिरमा डाबर आउने, बान्ता हुने, जन्डिस हुने, खाना नरुच्ने, आँखा पाक्नेजस्ता संक्रमण देखिन्छन् ।

यो समयमा सरसफाईमा बिशेष ध्यान दिनु पर्छ । र बच्चाको खानपिनको तालिका पनि परिवर्तन गर्नु पर्छ । बच्चालाई जाडो मौसममा जस्तो खाना पटक पटक खुवाउनु पनि हुँदैन् र खानाको मात्रा पनि अलिकति कम गर्नु पर्छ । सकेसम्म बासी खाना खुवाउनु हुँदैन् । सुख्खा मौसम भएको हुँनाले पानीको मात्रा बढाउनु पर्छ । पानी सधै उमालेको पानी मात्र दिनु पर्छ । कम्तीमा हप्ताको दुई पटक बच्चालाई नुहाउनु पर्छ ।

हाम्रो जस्तो स्वास्थ्य सचेतना पर्याप्त नभएको समाजमा स्वस्थ्य मालसामान कमै पाइन्छन् । आजभोली बजारमा प्रायः जसो तरकारी तथा फलफूल औषधी हालेको हुनाले सकेसम्म कम औषधी हालेका सागपात, तरकारी र फलफूल छानेर किन्नु पर्छ । त्यस्ता तरकारी तथा फलफूल देख्दा आक्रर्षक नहुन सक्छन् तर बच्चा र हाम्रो स्वस्थ्यलाई हानी पुर्याउदैनन् । बजारबाट ल्याएका सामान जस्तै साग, तरकारी, फलफूल राम्रो सित पखाल्नु पर्छ । बच्चालाई दिदा सकेसम्म तातो पानीले पखालेर दिनु पर्छ । यसरी सफा गरेर खाँदा औषधी पखालिन्छ ।

गर्मी मौसममा माछा मासुको आइटम ल्याउदा र खादा पनि विशेष ध्यान दिनु पर्छ । सकेसम्म ताजा, सफा ठाउँबाट ल्याउनु पर्छ । गर्मी मौसममा माछा मासु कम खाने बानी बसाल्नु राम्रो हुन्छ । मासु पकाउँदा सकेसम्म उसिनेर, उसिन्न सम्भव नभए तातो पानीले राम्रो सित पखालेर मात्रै पकाउनु पर्छ ।

हाम्रो घर, आँगन, बाथरुम सफा राख्ने, सफा पानी पिउने, सरसफाईमा विशेष ध्यान दिने र खानपानको तालिका मौसम अनुसार थोरै मात्र परिवर्तन गर्न सक्यौं भने माहीले हाम्रा बालबच्चा र हाम्रो स्वस्थ्य धेरै हद सम्म हामी सुरक्षित हुन्छौं । महंगा अस्पतालमा खर्च गर्ने पैसा हामीले बालबच्चाको पढाईमा, हाम्रो करियर विकासमा, फलफूलमा र अन्य सामाजिक कार्यमा लगाउन सक्छौं । हाम्रो स्वस्थ्य धेरै हद सम्स हाम्रै हातमा हुन्छ । यसका लागि धेरै ठूलो पहाड फोर्नु पनि पर्दैन र धेरै पैसा लगानी पनि गर्नु पर्दैन, बास थोरै सचेत हुने र संम्यमता अपनाए मात्रै पुग्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार