काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका कमल थापाले ‘राप्रपा नेपाल’ नामको पुरानो दललाई ब्युँताउने तयारी गरेका छन् ।
‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’लाई मूल लक्ष्य राख्दै थापाले राप्रपा नेपाललाई ब्युँताउने भएका हुन् । सो दल निर्वाचन आयोगमा दर्ता छ भने दलको अध्यक्ष लाक्पा शेर्पा छन् । तर, शेर्पाले अध्यक्ष छाड्दै थापालाई अध्यक्ष चयन गरिएको भन्दै निर्वाचन आयोगमा विवरण अद्यावधिक गरिदिन पत्र पठाइसकेका छन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अध्यक्ष परिवर्तन गरिएको विवरण अद्यावधिक गरिदिन आयोगमा पत्र आएको जानकारी दिए । तर, आयोगले सो’bout निर्णय भने गरेको छैन । थापा अध्यक्ष चयन भएपछि आयोगमा ६१ जनाको केन्द्रीय कमिटीसहितको विवरण पत्र दर्ता गराइएको हो ।
पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसँग पार्टी एकता गर्दै सिंगो राप्रपाको अध्यक्ष बनेका थापा गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि गत मंगलबार पार्टी नै छाडेका थिए । पार्टी परित्यागको केही दिनमा नै थापाले एकताअघिको आफ्नो दल राप्रपा नेपाललाई ब्युँताउने भएका हुन् ।
थापाले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्युँताउने तयारी’bout जानकारी दिएका थिए । सो दलको घोषणा सभा ७ फागुनमा हुने थापाले भनेका छन् ।आजको राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया