असार २३, २०८२ सोमबार July 7, 2025

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको बैठकमा एमाले भने सहभागी छैन ।

एमालेले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको थियो । आजको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ । आफूले कारबाही गरेका १४ सांसदको सूची सूचना पाटीमा टाँस नगरेको भन्दै एमालेले सभामुख सापकोटाको विरोध गर्दै आएको छ ।

जारी सर्वदलीय बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमोलगायतका दलका प्रतिनिधि सहभागी रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि आज सभामुखको पहलमा सर्वदलीय बैठक बसेकाे हाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार