असार २३, २०८२ सोमबार July 7, 2025

संसद अवरोधलाई निरन्तरता दिने एमाले संसदिय दलको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा जारी अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले संसदमा जारी अवरोधलाई निरन्तरता दिने निर्णय गरेको हो।

बैठकपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीले अघि सारेका मागहरु पूरा नभएसम्म संसदको अवरोध जारी राखिने जानकारी दिनुभयो ।

‘संसदको अवरोधका बारेमा हामी हाम्रा माग पूरा नभएसम्म यसलाई निरन्तरता दिन चाहन्छौं,’ उहाँले भन्नुभयो । यस्तै, एमालेले अमेरिकी सहायता परियोजना एमसीसीबारे ‘पर्ख र हेर’ को नीति अबलम्बन गर्ने भएको छ । संसदीय दलको बैठकले एमसीसीका बारेमा ‘पर्ख र हेर’ को नीति अबलम्बन गर्ने निष्कर्ष निकालेको छ।

प्रमुख सचेतक विशाल भट्टराईले सत्तारुढ गठबन्धनले समान धारणा नबनाउँदासम्म एमालले ‘पर्ख र हेर’ को नीति अबलम्बन गर्ने बताउनुभयो ।

‘जबसम्म उहाँहरु एउटै धारणाका साथ प्रस्तुत हुन सक्नुहुन्न तबसम्म नेकपा एमाले पर्ख र हेरको नीतिमा रहेको छ,’ बैठकपछि उहाँले भन्नुभयो । भट्टराईले समय आएपछि एमालेले एमसीसीका बारेमा आवश्यक निर्णय लिने पनि बताउनुभयो ।

उहाँले एमालेले न्यायाधीश र सभामुखमाथि महाअभियोग प्रस्ताव ल्याउने भनेर अनुमानको भरमा समाचार सम्प्रेषण गरिएको बताउनुभयो । यी विषयको सम्बन्धमा पार्टीको उच्च तहका नेताहरु बसेर यथोचित समयमा निर्णय लिइने पनि उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार