श्रावण ५, २०८२ सोमबार July 21, 2025

एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न भीम रावलको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एमाले नेता भीम रावलले एमसीसीबारे पार्टीको आधिकारिक धारणा ल्याउन माग गरेका छन् । सोमबार नयाँ बानेश्वस्थित संसद् भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा नेता रावले सो कुरा बताएका हुन् ।

‘नेपाल सरकार एमसीसीबीच भएको मूल सम्झौता र त्यसको आधारमा गरिएका एक दर्जन जति सम्झौता एवं कार्य योजनाका कैयन प्रावधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुन विपरीत रहेको तथ्य स्पष्ट भइसकेको छ,’ उनले बैठकमा भने, ‘यो विषय आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनिसकेको छ। यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमालेजस्ता राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ।’नेपाल समाचार पत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया