श्रावण ५, २०८२ सोमबार July 21, 2025

एमालेकै नेता पनि महाभियोगको पक्षमा !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको घटनाबाट एमाले अध्यक्ष केपी शर्मा ओली स्तब्ध र क्रुद्ध बनेको भए पनि एमालेकै एकथरी नेता भने यसबाट प्रशन्न हुन पुगेको पाइएको छ ।

गत सामेबार (फागुन २ गते) नेकपा एमाले संसदीय दलको बैठकमा केही सांसदहरूले महाभियोगको खुलेर प्रशंसा गरे । भीम रावल, घनश्याम भुसाल र झपट रावल लगायतका वक्ताहरूले चोलेन्द्र शमशेर राणा विरुद्ध महाभियोग आउनु आवश्यक र उचित भएको बताउँदै त्यसको स्वागत गरे ।

एमालेले प्रतिरोधी या प्रतिक्रियात्मक व्यवहार गर्न नहुने धारणा प्रकट गर्दै उनीहरूले अन्य न्यायाधीशलाई महाभियोग लगाउन नहुने सुझाव पार्टी नेतृत्वलाई दिए। तर संसदीय दलको बैठकका अधिकाश सहभागीहरूले महाभियोगको विरोध गर्दै पार्टीलाई आवश्यक कदम चाल्न सुझाव दिएका थिए । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सासदहरूको कुरा सुनिसकेपछि दिएको जवाफले सबैलाई हँसाएको थियो ।

ओलीले भनेका थिए- तपाईंहरूले योग्यता र क्षमता हेरेर आफ्नो नेता चुन्नुभएको छ उसले उचित समयमा सही र आवश्यक निर्णइ लिनेछ ।’ संसदीय दलको बैठकमा पाँचवटा कागजमासांसदहरूलाई सही गर्न लगाइएको थियो । त्यसबाट पाँच जना विरुद्ध महाभियोग प्रस्ताव ल्याउन लागेको स्वतः अनुमान गर्न सकिन्थ्यो ।

परमादेशबाट सरकार हटाउन र शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न आदेश दिने संवैधानिक अदालतका न्यायाधीशहरू मध्ये चालेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भइसकेको छ । बाँकी चार (मिरा खड्का, दीपक कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई) लाई महाभियोग दर्ता हुने निश्चित भए पनि अर्को एउटा कसका विरुद्ध हुनसक्ला भन्ने प्रश्नमा एमाले सांसदहरूले एक आपसमा पटक-पटक चासो राखेका थिए ।

सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीसँग एमाले नेतृत्व क्रुद्ध भएकोले तिनकै विरुद्ध महाभियोग लगाउन दस्तखत गराएको हुनसक्ने अनुमान पनि कतिपयले गरेका हुन् । तर एमाले नेतृत्व प्रकाशमान सिंह राउत प्रति ज्यादा असन्तुष्ट भएकोले उनकै विरुद्ध महाभियोग लाग्नसक्ने अनुमान पनि धेरैले गरेका थिए । पारित नहुने स्थिति भए पनि सभामुख विरुद्ध समेत महाभियोगको प्रस्ताव ल्याइनुपर्छ भन्नेमा कतिपय एमाले री सांसदहरूले जोड दिँदै आएका थिए ।घटना र विचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया