असार २३, २०८२ सोमबार July 7, 2025

एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  नेकपा (एमाले)का नेता तथा मुगु जिल्ला खत्याड गाउँपालिका ३ का ५७ वर्षीय प्रतिनिधि सभा सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका पूर्व मन्त्रीसमेत रहेका बानियाँ विरुद्ध जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी आदेश दिएको हो ।

नेपालगन्ज स्थित अप्सरा होटलमा गएको माघ १९ गते बिहान आफु माथि बलात्कार गरेको भन्दै जुम्लाकी एक शिक्षिकाले माघ २४ गते मुगुका एमाले सांसद बानियाँ विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् ।

उजुरी दिएको चार दिनपछि मात्रै प्रहरीले बानियाँ विरुद्ध बलात्कारको मुद्दा माघ २७ गते दर्ता गरेको थियो । मुद्दा दर्ता भएको एक हप्तापछि जिल्ला अदालत बाँकेले सांसद बानियाँ विरुद्ध पक्राउ पुर्जी आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भइरहेकोले सांसद बानियाँलाई प्रहरीले छिटै नै नियन्त्रणमा ल्याउने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार