असार २३, २०८२ सोमबार July 7, 2025

एकीकृत समाजवादी प्रति जनताको विश्वास, आशा र अपेक्षा बढ्दो छ : अध्यक्ष नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीप्रति जनताको  विश्वास, आशा र अपेक्षा बढ्दै गएको बताउनु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१ रुपन्देहीका अर्जुन कुर्मीको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले मेचीदेखि महाकालीसम्म र हिमाल, पहाड र तराई सबैतिर विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा (एस) मा प्रवेश गर्ने लहर चलेको बताउनु भएको हो । नेकपा (एस) मा प्रवेश गर्नु भएका नेता कुर्मी तत्कालीन राजपा का नेता हुनुहुन्छ ।

साथै राष्ट्रिय राजनीतिमा पनि नेकपा (एस)को महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।  ‘यस पार्टीमा एमालेमा रहेका केन्द्रीय सदस्यहरु पार्टी परित्याग गरेर आएका छन् । कहिले हामी सुन्छौँ विभिन्न तहमा रहेका एमालेका नेता कार्यकर्ता र अन्य पार्टीका नेता कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित भएका छन्,’  उहाँले भन्नुभयो ।

नेता नेपालले एमालेलाई एउटा गिरोहको संज्ञा दिँदै आफूहरूको राष्ट्रिय राजनीतिको अस्तित्वलाई बुझेर बेलाबेलामा घृणा पोख्ने गरेको टिप्पणी गर्नु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन तोड्न चाहेको पनि उहाँ बताउनुभयो ।

साथै एमसीसी प्रति जनतामा नकारात्मक धारणा रहेको र त्यसलाई ध्यानमा राखेर अगाडि बढ्नु पर्ने उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार