असार २३, २०८२ सोमबार July 7, 2025

११ र १२ फागुनमा गर्ने भनिएकाे एमाले महोत्तरी अधिवेशन स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले महोत्तरीको ११ र १२ फागुनमा गर्ने भनिएकाे अधिवेशन स्थगित भएकाे छ । अधिवेशनका लागि आवश्यक गृहकार्य नसकिएको भन्दै स्थगित गरिएकाे एमाले महोत्तरीले जनाएको छ ।

आन्तरिक कलहका कारण पटक-पटक स्थगित बन्दै आएपछि प्रदेश कमिटीको बैठकले मधेश प्रदेशको विवादित धनुषा, सर्लाही र महोत्तरीको लागि नयाँ मिति निर्धारण गरेको थियो ।

प्रदेश कमिटीले निर्धारित मितिमा अधिवेशन गर्नका लागि गृहकार्य गर्न निर्देशन दिए पनि जिल्लामा देखिएको विवादले बुधबार (११ फागुन) हुने भनिएको अधिवेशन स्थगित भएको हो ।

‘भोलि निर्धारण गरिएको अधिवेशन हुन नसक्ने देखिएको छ । अब प्रदेश र केन्द्रसँग समन्वय गरेर पुन:  गृहकार्य गर्छौं,´  केन्द्रीय सदस्य तथा महोत्तरीका सहइन्चार्ज सरोज यादवले भने ।

यता अधिवेशन हुन नदिन पार्टीभित्रका कतिपय नेताहरू लागि परेको एक पक्षको आरोप छ । अधिवेशनको मिति निर्धारण भइसक्दा पनि प्रतिनिधि चयन गर्न नै अड्को थापेर अधिवेशन लम्ब्याउन लागिपरेको नेताहरूको आरोप छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार