असार २४, २०८२ मंगलबार July 8, 2025

एमसीसी सम्झौता र व्याख्यात्मक घोषणा एकैपटक अनुमोदन भएकाले त्यसमा शंका गर्नुपर्ने ठाउँ नै छैन । – मातृका यादव (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमसीसी अनुमोदन गर्नु आवश्यकता थियो भन्ने तपाईको भनाइ रहे पनि माओवादी केन्द्रले मंसिरमा महाधिवेशनमार्फत एमसीसी यथास्थितिमा पारित गर्न हुँदैन भनेर गरेको निर्णयविपरीत भएन ?

महाधिवेशनको स्प्रिट के हो भने एमसीसी जस्ताको त्यस्तै पास गर्नुहुन्न भन्ने हो । त्यो भनेको संशोधन र परिमार्जनसहित पास गर्नुपर्छ भनिएको हो । त्यही भएर १२ बुँदे संकल्प प्रस्ताव वा व्याख्यात्मक घोषणा गरिएको हो । अनि कसरी भयो जस्ताको त्यस्तै ? यो कुरा बुझ्नुपर्छ ।

तर १२ बुँदे व्याख्यात्मक घोषणा त एकपक्षीय मात्र भयो, त्यसलाई अमेरिकाले रद्दीको टोकरीमा फाल्छ भन्ने तर्क पनि छ नि ?

एकपक्षीय भए पनि अमेरिकाले स्वीकार गरेपछि दुई पक्षीय भइसक्यो । एमसीसी सम्झौता र व्याख्यात्मक घोषणा एकैपटक अनुमोदन भएकाले त्यसमा शंका गर्नुपर्ने ठाउँ नै छैन । यदि सम्झौता र व्याख्यात्मक घोषणा अलगअलग अनुमोदन गरेको भए त्यो प्रश्न उठ्न सक्थ्यो, तर एकैपटक एकै ठाउँमा राखेर अनुमोदन गरिसकेपछि त्यसमा शंका उपशंका गरिरहनु उचित होइन । मैले त संसदमा पनि भनेको हो कि अमेरिकाले मान्दैन भने हामी पनि मान्दैनौं । मैलेमात्र होइन, माननीय गगन थापाले पनि त्यही कुरा भन्नुभएको हो, अमेरिकाले मान्दैन भने हामी पनि मान्दैनौं भनेर । त्यसकारण या त देउवा र ओलीजीलाई छोड्नुपर्थ्यो या अनुमोदन गरेर हामीले गठबन्धन बचाउनुपर्थ्यो ।

गठबन्धन त देउवाजीले बनाएको होइन नि ! गठबन्धन हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा अरु नेताहरु पनि लागेर बनेको हो । प्रतिगमनबाट जोगाउन गठबन्धन बनाइएको हो । त्यसकारण कि त अहिलेसम्मको उपलब्धि डिरेल गर्न दिनुपर्ने, कि एउटा बाटो खोज्नुपर्ने अवस्थामा यो बाटो रोजिएको हो । उपलब्धिको रक्षा जताबाट हुन्छ, त्यतातिरको बाटो रोजेर समस्याको समाधान निकाल्नु नै मार्क्सवाद हो ।

एमसीसी पास नगरेको भए अहिलेको गठबन्धन टुट्ने निश्चित थियो होला तर गठबन्धन टुट्दैमा संविधान र व्यवस्था नै सकिन्छ भन्ने व्याख्या गर्नु कति जायज हो ? संविधान र व्यवस्था देखाएर तपाईहरु सरकारमा बसिरहन यो बहाना बनाएको हो भनेर किन नभन्ने ?

हामी सरकारमा बस्नेमात्रै प्रमुख कुरा होइन र थिएन । सभामुखमाथि चार्ज लगाउने र सभामुखलाई हटाउने, त्यसपछि ओलीको मनोमानी चल्ने अवस्था आउँथ्यो । ओली भनेको त संविधान मान्दैनन् । उनका कर्तुत त देखिएकै हुन् यसअघि, अनि कसरी जोगिन्छ संविधान र व्यवस्था ? देउवा त ओलीले भनेको मान्न बाध्य हुने थिए । बाबुरामजीको देखिहाल्नुभएको छ । उहाँ पनि त्यो खेमामा जानुहुन्थ्यो ।

त्यो पनि हो । अर्को कुरा प्रधानमन्त्री देउवाजीले व्याख्यात्मक घोषणा मानिसकेपछि त हाम्रो असहमति हुने कुरै भएन । किनकि हाम्रो भनाइ नै त्यही थियो । हामीले अमेरिकाको पैसा लिँदैनौ भनेका थिएनौं । पहिला पनि लिइरहेकै हो । तर हामी राष्ट्रिय स्वाधीनतामाथि एमसीसी बोक्न सक्दैनौं भनेको मात्रै न हो । त्यो चिज भइसकेपछि अथवा सर्प पनि मर्ने, लाठी पनि नभाँचिने भएपछि त बुद्धिमानी नै मान्नुपर्छ नि ।

त्यसो भए अब राष्ट्रिय स्वाधीनता पनि जोगियो, संविधान र व्यवस्था पनि जोगियो र प्रतिगमन पनि टरेको हो त ?

होइन । खतरा सबै टरिसक्यो भन्ने होइन । प्रतिगमनको खतरा अझै बाँकी छ । किनभने तपाईहरुलाई थाहा छ– संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताका कुरा कतिले मन पराएका छैनन् । कतिपयले अहिले प्रधानन्यायाधीश पनि समीक्षा गर्नुप¥यो भनिरहेका छन् । हाम्रो नेपालमा आफ्नो ‘कन्सेप्ट’भन्दा पनि अरुको ‘कन्सेप्ट’ बोकेर हिँड्ने छन् । त्यसकारण हाम्रो राष्ट्रिय स्वाधीनता खतरामा छैन भन्ने कुरा होइन । अहिले पनि तरलताकै अवस्था छ । जनताले सुशासन पाएका छैनन्, हामी सरकारमै बसेर पनि जनतालाई सुशासन दिन सकेका छैनौं । भ्रष्टाचार त्यही रुपमा छ । त्यति हुँदाहुँदै पनि हाम्रो प्रयास यो व्यवस्था बचाउन र रक्षा गरेर नै जाने हो । त्यसकारण कुनैपनि बाटो अहिले सजिलो छैन ।

अहिलेको अवस्थमा सबै साथीहरु मिल्नुपर्छ । सबै एक ठाउँमा, एक ढिक्का भएर अगाडि बढ्नुपर्छ । त्यसमा अर्को कुनै विकल्प छैन ।

कतिपयले एमसीसी पास भएपछि माओवादी अब क्रान्तिकारी पनि रहेन, राष्ट्रवादी पनि रहेन र नेतृत्व पनि असफल भयो भन्छन् । तपाईं के भन्नुहुन्छ ?

म त के भन्छु भने प्रतिगमन विरुद्धको नेतृत्व अध्यक्ष प्रचण्डले नै गर्नुभयो । अहिले फेरि ठुलो दुर्घटनाबाट अध्यक्ष प्रचण्डले नै देशलाई बचाउनुभयो । एमसीसीमा पार्टीभित्रका केही साथीहरुको फरक मत हुँदाहुँदै पनि सबै लागेर गठबन्धन जोगायौँ । दुनियाँभरका मान्छे प्रचण्डलाई सिध्याउन फेरि लागेका थिए । प्रचण्डलाई नसिध्याइकन नेपाल क्रान्ति हुँदैन भन्ने कतिपयको बुझाइ छ । हाम्रो नेतृत्वको कमी कमजोरी हुनुसक्छ । तर हामीले ‘इन्टेन्सन’ हेर्नुपर्छ । सबै डुबाएर ठूलो क्रान्तिकारी हुने भन्ने होइन नि । उपलब्धिको रक्षा गर्दै विकास गर्नें कुरातिर लाग्नुपर्छ । आफूलाई लागेको कुरा भन्नुपर्छ । त्यो कुरा भनेपछि हाम्रो अध्यक्ष कमरेडलाई पनि अगाडि जान सजिलो हुन्छ ।

एमसीसी प्रकरणपछि पार्टी नै फुटाउनेसम्मको गृहकार्य भइरहेको छ भन्ने चर्चा भइरहेका छन् । यस्तो अवस्थामा पार्टीलाई कसरी मिलाएर कसरी लैजानुपर्ला नेतृत्वले ? के गर्दा ठिक होला भन्ने लाग्छ तपाईलाई ?

उहाँहरु (नारायणकाजीहरु)सँगको एकता लगभग १३ वर्ष पूरा भइसक्यो । ६५ को अन्तिममा एकता भएको थियो । तर पार्टी एकताबद्ध छैन । एउटै पार्टीभित्र दुई वटा दल छ । एउटा माओवादी दल छ, एउटा एकता केन्द्र दल छ । उहाँको अहिले पनि त्यही देखिन्छ । यस्तो अवस्थामा अलिअलि माओवादीहरु उता पनि गए होलान्, माओवादीका साथीहरु एकता केन्द्रतिर पनि गए होलान् । पार्टीभित्र दुई वटा कित्ता हुनु पार्टी र आन्दोलनका लागि ठूलो घातक विषय हो । पार्टी एकताबद्ध हुनुपर्छ । पढेलेखेको कुरा गर्दा नारायणकाजीहरु धेरै पढेलेखेको हुनुहुन्छ । धेरै डिग्री गरेको साथीहरु हुनुुहुन्छ । मेरो भनाइ के हो भने मार्क्सवाद, लेनिनवाद, माओवादलाई मान्ने हो भने लेनिनले बहुमतको मातहतमा अल्पमत बसेन भने एकता असम्भव हुन्छ भन्नुभएको छ । एकताका लागि त्यो मान्नुपर्छ र फरक मतलाई कदर गर्नु पनि पर्छ । कि त भन्नुप¥यो म लेनिनवादी होइन ।

त्यो अनुसार पार्टी बनेन भने त्यो संगठनवादी होइन भन्नुप¥यो । हाम्रो पार्टीको संगठनात्मक सिद्धान्त त्यही हो । एउटै पार्टीमा दुई वटा लाइन दुनियाँको कुनै पार्टीमा पनि लागू हुँदैन । पार्टीभित्र फरक मत हुन सक्छ । तर, पार्टीको लाइन एउटै हुनुपर्छ । त्यो कुरालाई कमरेडहरुले आत्मासात् गर्नुपर्छ ।

एकताबद्ध भएर हिड्नुपर्छ । बार्गेनिङ गर्नका लागि यस्तो गर्नु राम्रो होइन । एमसीसी यथास्थितिमा पास गर्नुहुन्न भन्ने मान्छे म पनि हो नि त । प्रचण्डले मनोमानी निर्णय ग¥यो भन्छन् । उहाँले त बैठकबाट निर्णय गर्नुभएको छ । कतिपय साथीहरु आफू अनुकुल भयो भने चुप बस्नुहुन्छ । आफू अनुकुलको निर्णय भएन भने कमिटीबाट निर्णय भएन भन्नुहुन्छ । परिमार्जन सहित एमसीसी पास गर्ने महाधिवेशनको निर्णय नै हो । रुपमा फरक हो । तर त्यो व्याख्यात्मक घोषणाले सबैलाई सम्बोधन गरेको छ । त्यसैले पार्टी निर्णय मानेर जानुपर्छ । होइन भने छोडेर हिँड्नुप¥यो ।

यसरी दुई धार बनाएर, दुई केन्द्र बनाएर पार्टी चलाउनुभन्दा बरु अलग अलग भएकै राम्रो भन्ने तपाईको निष्कर्ष हो ?

यो भन्दा पनि बार्गेनिङको कुरा छ । पदाधिकारी बनाउन बाँकी छ । मन्त्रिमण्डल पुनर्गठन हुँदा आफ्ना मान्छे राख्ने कुरा हो । पार्टी विभाजनको बाटोमा जाँदैन ।- रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार