असार २३, २०८२ सोमबार July 7, 2025

देश विकासका लागि एमसिसी स्वीकार गरियोः महामन्त्री शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसिसी) लिइएको बताएका छन्।

कांग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले सम्बधोन गर्दै  देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताएका हुन्।

‘विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रुपान्तरण गर्न एमसिसी स्वीकार गरिएको हो,’ उनले भने, ‘अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसिसीका विषयमा नकारात्मक भ्रम सिर्जना गरिरहेका छन्।’

कांग्रेसले भोटका लागि नभई मुलुकको भविष्यका निम्ति एमसिसीको पक्षमा उभिएको उनको तर्क छ। ‘एमसिसी परियोजना विद्युत् र सडकको विकासका लागि आएको हो,’ उनले भने, ‘यसमा कुनै दुविधा छैन, मुलुक बनाउन विदेशी सहयोग आवश्यक छ।’ -रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार