असार २१, २०८२ शनिबार July 5, 2025

हिमालयन शेर्पालाई पराजित गर्दै थ्री स्टार तेस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । हिमालयन शेर्पा क्लबलाई क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।
दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्री स्टारले शेर्पालाई ३–१ को हराएको हो। थ्री स्टारको यो चौथो जित हो।

खेलको छैटौं मिनेटमा नै थ्री स्टारले सुरुवाती गोल गरेको थियो। सुशील राईको गोलमा थ्री स्टारले अग्रता लिएको थियो।

पहिलो हाफको इन्जुरी समयमा स्टेफेनको गोलमा शेर्पाले थ्री स्टारविरुद्ध बराबरी गोल फर्काएको थियो। यद्यपी इन्जुरी समयमै थ्री स्टारका लागि सन्जोक राईले गोल गर्दा पहिलो हाफ २–१ मा टुंगिएको थियो।

संजोकको गोल जारी लिगको सयौं गोल पनि हो। जारी लिगको ५१ औं खेलमा सयौं गोल सम्भव भएको हो।

त्यसपछि खेलको ५१ औं मिनेटमा थ्री स्टारकै हम्जात गोल गर्न सफल बने। थ्री स्टारले ३–१ को अग्रता लिएपछि खेलमा अन्य कुनै गोल हुन सकेन।

यस जितसँगै थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। ८ खेलमा ४ जित, २ बराबर र २ हार बेहोरेको थ्री स्टारको १४ अंक छ।

शेर्पा भने ८ खेलमा १ जित, ४ बराबरी र ३ हारसहित ७ अंक जोड्दै ११ औं स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया