असार २३, २०८२ सोमबार July 7, 2025

निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छ– अध्यक्ष नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताउनुभएको छ ।

फागुपर्वका अवसरमा पार्टीले आज आयोजना गरेको होली मिलन तथा शुभकामना समारोहमा उहाँले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा लोकतन्त्र र संविधानको पक्षमा क्रियाशील राम्रा विचार बोकेका दलले विजय हासिल गर्नेछन् भन्नुभयो । उहाँले भन्नुभयो “प्रतिगामी तथा अहंकारी व्यक्ति होलिका दहन भएजस्तै पराजय हुने छन् । ”

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बहुभाषिक बहुसांस्कृतिक मुलुकमा सबै जाति समुदायको संस्कृतिले प्रेम सद्भाव अभिवृद्धि गरी नेपाली समाजलाई एकताबद्ध बनाउन सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो ।

विविधताले सजिएको हाम्रो समाजमा एक अर्काका पर्व संस्कृतिलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो,“नेपाली भएकामा हामीले गौरब गर्नुपर्छ, देशप्रति समर्पित हुनुपर्छ, यसले अनेकतामा एकता कायम गर्दछ ।”

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले फागुपर्वका अवसरमा समपूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै पार्टीले चुनाव केन्द्रीत भएर देशभर साङ्गठनिक गतिविधिलाई बलियो बनाएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार