असार २१, २०८२ शनिबार July 5, 2025

त्रिकोणात्मक सिरिजका लागि क्रिकेट टिम घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । घरेलु मैदानमा हुने आईसीसी विश्वकप क्रिकेट २ अन्तर्गत त्रिकोणात्मक सिरिजको लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक उमेश पटवाल र राखेपका प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ खेलाडीको सूची तयार पारेको जनाएको छ ।

जसमा युवा फास्ट बलर कमल सिंह ऐरीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । अनुभवी खेलाडी सोमपाल कामीको स्थानमा कमल समेटिएका हुन् ।

सोमपाल र वसन्त रेग्मीलाई आराम दिँदा कमलसँगै कुशल मल्लले पहिलो पटक एकदिवसीय राष्ट्रिय टिममा स्थान बनाएका छन ।

सिरिजमा लागि पोखरामा भएको क्याम्पमा पहिलो चरणमा २४ खेलाडी बोलाइएको थियो । एक साताको क्याम्प र मलेसियासँग ३ खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाली टोली छनोट भएको हो ।

नेपालमा सिरिज खेल्ने अमेरिका र ओमाननले यसअघि नै टोली घोषणा गरिसकेको छ । तीन राष्ट्र सम्मिलित सिरिज यही माघ २२–२९ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

नेपाली टिमको नियमित सदस्य रहेका सोमपाल कामीले पूर्ण फिट नहुँदा सिरिज गुमाउने भएका हुन् । यस्तै वसन्त रेग्मी पारिवारिक कारण क्याम्पमा पनि सहभागी भएका थिएनन् । स्पिनर वसन्तलाई केही दिनअत्रि पुत्रीलाभ भएकाले उनले प्रशिक्षण गुमाएका थिए ।

नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
पारस खड्का
सन्दीप लामिछाने
करण केसी
आरिफ शेख
विनोद भण्डारी
अविनाश बोहोरा
कुशल मल्ल
कमलसिंह ऐरी
सुशन भारी
रोहितकुमार पोडैल
शरद भेषवाकर
ललितनारायण राजवंशी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार