असार २३, २०८२ सोमबार July 7, 2025

जुम्लाका सबै स्थानीय तहमा माओवादीले चुनाव जित्नुपर्छ : प्रदेश इन्चार्ज मल्ल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज  कालीबहादुर मल्लले देश र जनताको रक्षाका लागि माओवादी केन्द्रले जुम्लाका सबै स्थानीय तहमा निर्वाचन जित्नुपर्ने बताएका छन् । उनले शनिबार माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाले आयोजना गरेको  राजनीतिक , वैचारिक, प्रशिक्षण तथा दुई महिने चुनावी अभियानको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।

मल्लले  देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताए । माओवादीले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानी हुने भएकाले जनताको हक अधिकारको लागि जसरी पनि जित्नुपर्ने उनको तर्क छ ।

त्यस्तै माओवादी  केन्द्रका केन्द्रीय सदस्य तथा  कर्णाली प्रदेशका पूर्व मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले माओवादी अझै खतरामा रहेको बताए । उनले भने, ‘तर हार्ने छैनौँ । सबै ठाउँमा जित्ने छौँ ।’

त्यस्तै माओवादी  केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व आन्तरिक मामिला तथा  कानुन मन्त्री नरेश भण्डारीले जनयुद्ध र जनआन्दोलनमा गाँस काटेर पाल्ने जनतामा जोड्ने गरी अबका अभियान थाल्न निर्देशन दिए । उनले भने, ‘साथीहरू यो निर्वाचनलाई सानो नठान्नुहोला, हामीले हार्‍यौँ भने संविधान र गणतन्त्र नै हार्नेछ । जनयुद्ध र शान्ति प्रक्रियाले नै हार्ने भएकाले यो निर्वाचन जसरी पनि हामीले जित्नैपर्छ ।’

प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले मुलुकमा गणतन्त्र विरोधीहरू अझै सक्रिय रहेको बताए  ‘माओवादी सर्वहारा वर्गको पार्टी हो । त्यसैले माओवादी केन्द्रको नेतृत्व जनतामुखी हुनुपर्छ ।’

माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाका अध्यक्ष तथा प्रदेश सहसचिव वीरबहादुर कुँवर (सुरेश पहाडीले) सिंहदरबारलाई गाउँ–गाउँमा पुर्‍याउन  माओवादी केन्द्रको उपलब्धि भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार