असार २३, २०८२ सोमबार July 7, 2025

विनविन पोजिसनमा गठबन्धन हुनसक्छ : काँग्रेस प्रवक्ता महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले शनिबार बाँकेमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा महतले भने, ‘गठबन्धनको सम्भावनलाई नकार्न सकिँदैन । यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ । प्रस्ताव कस्तो आउछ त्यसमा भरपर्छ । विनविन पोजिसनमा हुन सक्छ ।’

उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताए ।

उनले नेपाली कांग्रेसका कार्यकर्ता अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा नअल्झन नहुने पनि बताए ।

‘गठबन्धनको बारेमा अहिल्यै जनतालाई भन्न जरुरी छैन । हामी सत्यमा, कानुनमा, नागरिक स्वतन्त्रतामा, मानव अधिकारमा, यथार्थमा विश्वास गर्ने, पारदर्शितामा विश्वास गर्ने पार्टी हो । हामीलाई विश्वास गर्नुस् भन्ने हो । कांग्रेसका प्रति गुनासो भए, विकासका समस्या भए भन्नुस् भन्ने हो,’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार