असार २३, २०८२ सोमबार July 7, 2025

स्थानीय निर्वाचनमा एमालेले सम्भव भएसम्म तालमेल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अन्य दलसँग आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने भएको छ । यसबारे पार्टीले अहिलेसम्म आधिकारिक निर्णय  गरिसकेको छैन् तर सत्तारूढ दलहरू चुनावी तालमेलमा देखिएपछि एमालेले पनि चुनावी तालमेल गर्ने केही नेताले जनाएका छन् ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आवश्यकताको आधारमा अन्य दलहरूसँग चुनावी तालमेल हुने बताए । ‘अहिले नै हामीले निर्णय गरिसकेका छैनौं । तर, स्थानीय तहका उम्मेदवारको जित्ने सम्भावना, अन्य पार्टीका उम्मेदवारको अवस्था लगायत विषय हेरेर सहकार्य वा तालमेल हुनसक्छ ।’ उनले भने ।

पार्टीभित्र पनि यस विषयमा आवाज उठिरहेको उनले बताए । ‘केन्द्रीय कमिटी सदस्यहरूले चुनावी तालमेल गर्ने विषयमा पार्टीको ठोस धारणा आउनुपर्‍यो भन्नुभएको छ,’ उनले भने, ‘यसमा हामी निर्णय गरेर वामएकता गरेर तालमेल गर्रौ, चुनावी तालमेल गरौं भने जादैंनौँ । हामी आफ्नो शक्तिमा विश्वास गर्छौ । नेकपा एमालेलाई सबै स्थानीय तहमा एकल बहुमतको साथ सरकार निर्माण गर्ने कुरामा लाग्छौँ ।’

स्थानीय तहमा जहाँजहाँ जोसँग सम्भव हुन्छ ति शक्तिहरूसँग चुनावी तालमेल हुनसक्ने उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार