असार २३, २०८२ सोमबार July 7, 2025

स्थानिय निर्वाचन घोषणापत्र केन्द्रित छलफल गर्दै एमाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा आज बिहीबार स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको छ ।

घोषणापत्रमा पार्टीले समावेश गर्ने एजेण्डाको विषयमा छलफल हुने कार्यसूची रहेको केन्द्रीय कमिटी सदस्य अइन्द्रसुन्दर नेम्बाङले जानकारी दिए ।  निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने उनले बताए ।

यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि केही समय छलफल हुने भएको छ । बैठकमा रिपोर्टिङ भने बुधबार नै सकिएको छ ।

एमालेले ९ वैशाखमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । घोषणापत्र भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले संयोजक रहेको नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले बनाउने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार