असार २३, २०८२ सोमबार July 7, 2025

कांग्रेस नेतामाथि भएको आक्रमणको विरोधमा सत्ता गठबन्धन दलद्धारा गाँउपालिका बन्द आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको जन्तेढुंगा गाउँपालिकामा कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले बन्द आह्वान गरेको छ ।

बुधबार राति ९ बजेतिर जन्तेढुंगाको केन्द्र चिसापानी बजारको एक होटेलमा एमाले सम्बद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गाउँपालिकामा बन्द आह्वान गरेको हो ।

गुण्डागर्दीशैलीमा आक्रमण गरिएको भन्दै गठबन्धन दलले विज्ञाप्तीमार्फत शुक्रबारका दिन गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, व्यापार–व्यवसाय, संघसंस्था बन्द गर्न आह्वान गरेको छ ।

एमाले सम्बद्ध युवाले नियोजित रूपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषय निकालेर विवाद गर्दै बस्नेतमाथि बोतल प्रहार गरेर सख्त घाइते बनाएको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र विष्टले बताए । बोतल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको हाल न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

एमाले सम्बद्ध चासुम राई, मिलन राई लगायतले बस्नेतमाथि आक्रमण गरेको सभापति विष्टले बताए । उनीहरूले एस्काभेटर चलाउँदै आएका कांग्रेस सम्बद्ध तारामान राईसँग सडक निर्माण योजनाबापत १५ हजार कमिसन मागेको विष्टको भनाई छ । एमाले र कांग्रेस सम्बद्ध युवा बसिरहेको ठाउँमा बस्नेत बोलाइएका थिए । स्थानीयका अनुसार उनीहरू मादक पदार्थ सेवन गरेर बसिरहेका थिए ।

 

एमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष रहेको गाउँपालिकामा पाँच वर्षको अवधिमा आफ्नो दलमा आबद्ध व्यक्तिलाई उपभोक्ता समितिमा राखेर कमिसन माग्ने, करारका कर्मचारीमार्फत घुसखोरी गरी भ्रष्टाचार गर्ने, जनतामा त्रास फैलाउने, सर्वसाधारणलाई आतंकित बनाउने काम भएको गठबन्धन दलको ठहर छ ।

एमालेको निरंकुशता, ज्यादती र सांघातिक आक्रमणका विरुद्ध बन्द आव्हान गरिएको विज्ञप्तीमा जनाइएको छ । विरोधमा गठबन्धन दलले संयुक्त विरोधसभा गर्ने तयारी गरेको छ ।

व्यक्तिगत विवादमा आफ्नो पार्टीको नाम जोडेको भन्दै एमालेको ध्यानाकर्षण

नेकपा एमाले जन्तेढुंगा गाउँपालिका कमिटीले भने जाँड रक्सी खानेक्रममा भएको केही व्यक्तिको विवादमा आफ्नो पार्टीको नाम जोडेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले जन्तेढुंगा गाउँपालिका कमिटी अध्यक्ष यामकुमार राईले विज्ञप्ती जारी गर्दै जाँड खानेक्रममा केही व्यक्तिबिचमा व्यक्तिगत विषयमा भएको विवादलाई राजनैतिक रंग दिएर एमालेप्रति घृणा र द्वेष फैलाउने षडयन्त्र रचिएको बताएका छन् ।

एमालेले अस्वस्थ र अमर्यादित गतिविधि गरेर एमालेलाई बदनाम गराउने कुचेष्टा नगर्न सचेत गराएको छ । विज्ञाप्तीमा एमालेको कार्यालय भवन शिलान्यास लगायतका कार्यक्रमलाई प्रभावित बनाउनेगरी बन्द हडताल गरेर नागरिकमा भय, त्रास र आतंक सिर्जना भएकोप्रति दुःख व्यक्त गरिएको छ ।

कार्यालय बन्द नगर्न गाउँपालिकाको निर्देशन  

गठबन्धन दलले बन्द आव्हान गरेकोप्रति जन्तेढुंगा गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाले निर्देशन जारी गर्दै शुक्रबार कुनै पनि सरकारी बिदा नपरेको र सरकारी कार्यालय बन्द नहुने स्पष्ट पारेको छ ।

गाउँपालिका अध्यक्ष शंखबहादुर राईले जारी गरेको निर्देशनमा कुनै पनि विद्यालय वा सरकारी कार्यालय बन्द गरी कर्मचारी तथा शिक्षक अनुपस्थित भएमा स्थानीय सरकार सञ्चालन एन २०७४ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

गाउँपालिकामा बन्द गर्ने र बन्द गर्न नदिने पक्षका मुठभेडको अवस्था सिर्जना हुनसक्ने खतरा बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार