काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा लगायत नेता कार्यकर्ताहरुले पार्टीका पूर्व अध्यक्ष कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन् ।
मंगलबार वक्तव्य जारी गर्दै उनीहरुले पार्टीमा सैद्धान्तिक विचलन आएकाले राप्रपामा अघि बढ्न नसक्ने जनाएका छन् ।
वक्तब्यमा राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गरेकोले उनलाई साथ दिने उल्लेख गरिएको छ । थापालाई अभिभावक भन्दै राप्रपा नेपालमा समाहित हुने प्रतिवद्धता वक्तव्यमा उल्लेख छ ।
वक्तब्यमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश अध्यक्ष, नगर र गाउँपालिकाका अध्यक्ष तथा जनवर्गीय संगठनका प्रमुखसहित ७८ जना नेताहरुको नाम छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया