श्रावण १, २०८२ बिहिबार July 17, 2025

जनताको आवश्यकता सम्बोधन नै लोकतन्त्रको संस्थागत : राष्ट्रपति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताउनुभएको छ ।

उहाँले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरका पुनर्निर्माण गरिएको प्राचीन कालिका मन्दिरको आज उद्घाटन गर्दै नेपाली जनताको ठूलो त्याग र बलिदानको फलस्वरूप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट आर्थिक–सामाजिकरूपान्तरण हासिल गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताउनुभयो । “संविधानको यस भावनालाई आत्मसात गरी प्रत्येक जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

भण्डारीले स्थानीय तहमा भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हरियाली प्रवर्द्धन गर्ने, पानीका मूल बचाउने एवं जैवीक विविधताको रक्षागर्ने कार्यबाट मात्र हामीले यस सुन्दर धर्तीलाई भावी पुस्तासमेतका लागि सुरक्षित बनाउन सक्दछौँ ।”

उहाँले स्थानीय तहका प्रतिनिधिका साथै सम्बद्ध सबै पक्षमा विकाससम्बन्धी नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्पका लागि विशेष आह्वान गर्नुभयो ।

भण्डारीले जनप्रतिनिधिले नागरिकलाई शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी एवं सरसफाईजस्ता आधारभूत सेवा सरल र रहजरूपमा उपलब्ध गराउने विषय सबैको गम्भीर सरोकारको विषय बन्नुपर्ने बताउनुभयो ।

उहाँले भूकम्पले भत्काएका सम्पदा अझ बलियो र स्थायीरूपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास अझ बलियो भएको दाहो¥याउनुभयो । उहाँले भन्नुभयो, “विश्व शान्तिका प्रवर्तक भगवान् बुद्धको नामबाट सुशोभित तथा सांस्कृतिक तथा पुरातात्विक सम्पदाले सम्पन्न नमोबुद्ध नगरमा पुनर्निर्मित ऐतिहासिक कालिका मन्दिरले आफ्नो सांस्कृतिक तथा ऐतिहासिक गौरव कायम राखेकोमा खुसी भएको छु ।”

भण्डारीले नगरले आफ्नो क्षेत्रमा गुणस्तरीय शिक्षा, सामुदायिक विद्यालयका बालबालिकाका लागि दिवा खाजा, पर्यटन तथा कृषि क्षेत्रको उन्नयनमा निरन्तर काम गरेको चर्चा गर्नुभयो । “विश्व सम्पदा सूचीमा सामेल हुन आवश्यक पूर्वाधारको निर्माणमा तपाईंको प्रयास फलदायी हुने मैले अपेक्षा लिएको छु”, उहाँले भन्नुभयो । उहाँले मन्दिर उद्घाटनपश्चात उक्त मन्दिरमा पूर्जा अर्चना गर्नुभएको थियो ।

सो अवसरमा नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त उक्त मन्दिर पुरातत्व विभागको रु एक करोड ४० लाख, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु ६० लाख तथा नमोबुद्ध नगरको रु चार लाख गरी रु दुई करोड चार लाखमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार